१३ बैशाख २०८१, बिहीबार 1714095765
राजनीति

बालुवाटारबाट हेलिकोप्टर चढेर प्रधानमन्त्री चन्द्रागिरिमा

काठमाडौं। दिगो पर्वतीय समाधानका निम्ति क्षेत्रीय नीति संवाद कार्यक्रमलाई सम्बोधन गर्न प्रधानमन्त्री शेरबहादुर देउवा हेलिकोप्टर चढेर चन्द्रागिरि पुगेका पुग्नुभएको छ ।

दिगो पर्वतीय अन्तर्राष्ट्रिय सम्मेलन सहभागी हुन आएका १३ मुलुकका प्रतिनिधिलाई ‍नेपालको तर्फबाट सम्वोधन गर्न प्रधानमन्त्री देउवा हेलिकोप्टर चढेर चन्द्रागिरि जानुभएको हो ।

वन तथा वातावरण मन्त्रालयले आयोजना गरेको सो सम्मेलनमा पर्वतीय महिला, पर्वत–समथर भु–भाग, पर्वतीय अर्थतन्त्र, पर्वतीय दिगो विकास, पर्वतीय संस्कृतिलगायतका बिषयमा कार्यपत्र प्रस्तुत हुने छन् । यद्यपी काठमाडौंबाट नजिकैको क्षेत्रमा जादा प्रधानमन्त्रीले हेलिकप्टर चढेको भन्दै उहाँको आलोचना शुरु भएको छ ।