११ बैशाख २०८१, मंगलवार 1713930053
राजनीति

एमालेप्रति आम जनताको ठूलो आकर्षण छ : महेश बस्नेत

काठमाडौं– नेकपा एमालेका केन्द्रीय सदस्य महेश बस्नेतले एमालेप्रति आमजनतामा निक्कै ठूलो आकर्षण रहेको बताउनु भएको छ ।

आज बबरमहलमा सुरु पार्टी केन्द्रीय कमिटी बैठकमा सहभागी बस्नेतले सञ्चारकर्मीसँग कुरा गर्दै एमालेमा आकर्षण बढ्दै गएकाले देशैभरि पार्टी प्रवेशको लहर नै चलेको दाबी गर्नुभयो ।

‘एमालेप्रति आमजनताको निक्कै ठूलो आकर्षण छ। एमाले प्रवेशको लहर आइरहेको छ,’ बस्नेतले भन्नुभयो, ‘हामी वामगठबन्धन गरेर जाने होइन कि वाम र लोकतान्त्रिक शक्तिलाई प्रवेश गराउने मोडालिटीमा जानु पर्छ। त्यो भावका साथ केन्द्रीय कमिटीमा छलफल भइरहेको छ।’