१३ बैशाख २०८१, बिहीबार 1714041189
Banner

सिटिइभिटीको गाडी सुनकोशीमा खस्यो, तीन जना कर्मचारी बेपत्ता

काठमाडौं – प्राविधिक शिक्षा तथा व्यवशायीक तालिम परिषद (सिटिइभिटी)को गाडी सिन्धुलीमा दुर्घटना हुँदा तीन जना कर्मचारी बेपत्ता भएका छन् ।

सिटिइभिटीका उपाध्यक्ष खगेन्द्र अधिकारीले दिएको जानकारी अनुसार केन्द्रीय कार्ययलय भक्तपुरबाट आज बिहान खोटाङमा अनुगमनमा गएक गाडी खुर्कोट भन्दा करिब २ किलोमिटर मिटर अगाडी गोलनचौर भन्ने ठाउँमा सुनकोशीमा झरेको हो ।सिन्धुलीक सहायक प्रमुख जिल्ला अधिकारी चिरन्जीवी गीरीका अनुसार अनुसार गाडीमा सवार तीनजना बेपत्ता भएका छन् । उहाँहरुको खोजी कार्य भइरहेको गीरीले बताउनुभयो

उपाध्यक्ष खगेन्द्र अधिकारीले दिएको जानकारी अनुसार कार्यलयका प्रशासन प्रमुख कृष्ण ब केसी,योजना प्रमुख याम भुर्तेल र कर्मचारी भानु पौडेल गाडीमा सवार हुनुहुन्थ्यो । । उहाँहरु सवार गाडीको नम्बर यकिन भएको छैन ।

गाडी चालक कृष्ण चौधरी पौडी खेलेर निस्कन सफल हुनु भएको छ । उहाँको स्थानीय अस्पतालमा उपचार भइरहेको अधिकारीले जानकारी दिनुभयो ।