२०७९ मंसिर १६ शुक्रबार 1669994377
खेलकुद

नेपाली राष्ट्रिय क्रिकेट टोली आज स्वदेश फर्किँदै

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टु सिरिजको आफ्नो खेलेर नेपाली राष्ट्रिय क्रिकेट टोली आज स्वदेश फर्किँदै छ।

यूएईमा ४ खेल खेलेको नेपाली टोली आज साँझ ७ बजेर १० मिनेटमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल अवतरण हुने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ।

त्रिकोणात्मक सिरिजमा नेपालले ४ खेल खेल्दै २ खेलमा जित र २ खेलमा हार व्यहोरेको थियो। नेपालले पीएनजीलाई पहिलो खेलमा २ विकेट तथा अन्तिम खेलमा ७ विकेटले पराजित गरेको थियो।

घरेलु टोली युएईसँग भने नेपाल दुवै खेलमा पराजित भएको थियो। १२ खेल खेलेको नेपाली टोलीले ६ मा जित निकाल्दै १२ अंकका साथ तालिकाको छैठौं स्थानमा रहेको छ।