२५ माघ २०७९, बुधबार 1675877334
Uncategorized

राष्ट्रियसभा सदस्यका लागि कर्णाली प्रदेश एमालेबाट ९ जनाको नाम सिफारिस

सुर्खेत – नेकपा एमाले कर्णाली प्रदेशले आगामी माघ १२ मा हुन लागेको राष्ट्रियसभा सदस्यको चुनावका निम्ति प्रदेशबाट ९ जनाको नाम सिफारिस गरेको छ ।

कर्णाली प्रदेश कमिटीको बैठकले प्रदेशबाट रिक्त हुने तीन जना सदस्यका लागि नाम केन्द्रमा सिफारिस गरेको हो । आज बसेको बैठकले क्लष्टरअनुसार ९ जनाको नाम सिफारिस गरेको एमाले कर्णाली प्रदेश कमिटीले जनाएको छ ।

महिलातर्फ

चन्दननाथ नगरपालिका-७, जुम्ला – गंगा थापा महत

छत्रेश्वरी गाउँपालिका-५, सल्यान – कुन्ता बस्नेत  

मुगुमकार्मारौंग गाउँपालिका-३, मुगु – सोनाम छोइजुङ भोटे लामा  

यस्तै, अन्यतर्फ वीरेन्द्रनगर नगरपालिका-३ सुर्खेतका चुडामणि शर्मा, भेरी नगरपालिका-३ जाजरकोटका गोविन्दविक्रम शाह र शुभकालिका गाउँपालिका-४ कालीकोटका हिरे सुनार सिफारिसमा परेका छन् ।

छायाँनाथरारा नगरपालिका-१० मुगुका रुपबहादुर बुढा, खाँडाचक्र नगरपालिका-३ कालीकोटका केशवराज देवकोटा र सल्यानका शेरबहादुर डाँगीलाई अपांगतातर्फ सिफारिस गरिएको छ ।