१४ बैशाख २०८१, शुक्रबार 1714174468
कला/साहित्य

शहिद स्मारक लिग ए डिभिजनमा आज दुई खेल हुँदै

काठमाडौँ । शहिद स्मारक लिग ए डिभिजनमा आज दुई खेल हुदैँछन् ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का अनुसार च्यासल मैदान, ललितपुर र एन्फा कक्प्लेक्स, सातदोबाटोमा ती खेल हुनेछन् । 

च्यासल मैदान सातदोबाटो यूथ क्लब र न्युरोड टिम भिड्नेछन् । जुन खेल दिउँसो ३ः०० बजेबाट सुरु हुनेछ । 

उता, एन्फा कम्प्लेक्समा हुने खेलमा मनाङ मर्स्याङ्दी र थ्रिस्टार आमुन्नेसामुन्ने हुनेछन् । जुन खेल पनि ३ः०० बजेबाट नै सुरु हुनेछ ।