८ बैशाख २०८१, शनिबार 1713607381
Banner

एमाले केन्द्रीय कमिटी बैठक बस्दै

काठमाडौँ । नेकपा (एमाले) केन्द्रीय कमिटी बैठक आज बस्ने भएको छ  । 

बबरमहलस्थित कार्की बैंक्वेटमा बिहान ११ बजे  बैठक बस्ने एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले जानकारी दिनुभयो ।

बैठकमा अध्यक्ष केपी शर्मा ओलीले समसामयिक राजनीतिक प्रतिवेदन पेस  गर्नुहुने  छ। त्यसपछि प्रतिवेदनमाथि छलफल हुने उपाध्यक्ष शाक्यले जानकारी दिनुभयो ।

बैठकमा पार्टीका विभागलाई पूर्णता, स्थानीय तहका उम्मेदवार सिफारिसको मापदण्ड प्रक्रिया, स्थानीय निर्वाचनको घोषणापत्र, निर्वाचनमा पार्टी नेतृत्वको भूमिका, पार्टी स्थापना दिवस, सचिवालय र पोलिटब्युरो कमिटी बैठकको निर्णय अनुमोदनलगायत प्रस्ताव पनि अध्यक्ष ओलीले प्रस्तावको रूपमा पेस  गर्नुहुने छ । 

बैठक भोलि बिहीबारसम्म जारी रहने छ ।  यसअघि सोमबार पोलिटब्युरो बैठक र त्यसअघि सचिवालय बैठक बसेको थियो ।