६ जेष्ठ २०८१, आईतवार 1716115343
Banner

नागरिकता विधेयक प्रमाणीकरण गर्न राष्ट्रपतिलाई आग्रह गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले नागरिकता विधेयक प्रमाणिकरणका लागि राष्ट्रपतिलाई आग्रह गर्ने निर्णय गरेको छ । सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले नागरिकता विधेयक फेरि प्रमाणीकरणका लागि पठाउने निर्णय भएको एक मन्त्रीले बताएका छन् ।

यसअघि दुई पटक संसदबाट प्रमाणीकरणका लागि तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले रोकेकी थिईन । तर, यो प्रमाणिकरण गर्ने वा नगर्ने भन्ने विषयमा राष्ट्रपति पौडेलले केही समयदेखि कानुनी परामर्श गरिरहेका छन् ।