६ बैशाख २०८१, बिहीबार 1713504599
Banner

नक्कली भुटानी शरणार्थी प्रकरणमा थप एकजना पक्राउ


काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा थप एकजना पक्राउ परेका छन् । फरार सूचीमा रहेकी लक्ष्मी महर्जन पक्राउ परेकी हुन् । प्रहरीले उनलाई शुक्रबार नै अदालतमा उपस्थित गराएको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरुको बयान आजबाट सुरू भएको छ।

उक्त प्रकरणमा पक्राउ परेकाहरुलाई काठमाडौं जिल्ला अदालतमा उपस्थित गराएर बयान लिन सुरु गरिएको हो । शुक्रबार पक्राउ परेकामध्ये केहिको बयान गराइएको छ भने अन्यको बयान आइतबारबाट निरन्तर हुने काठमाडौं अदालते जनाएको छ ।

सबैको बयान सकिएपछि थुनछेक बहस हुनेछ। त्यसका लागि दुईसाता लाग्ने अनुमान गरिएको छ । थुनछेक बहसमा आरोपितहरूलाई धरौटीमा छोड्ने कि थुनामै राख्ने आदेश हुनेछ।