१२ बैशाख २०८१, बुधबार 1713947537
पालिका

नक्कली भुटानी शरणार्थी प्रकरणमा ममाथि लगाईएको आरोप निराधार र गलत हुन : राजेश्वरमान स्थापित

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा अनावश्यक रुपमा नाम मुछिएको भन्दै राजेश्वरमान स्थापितले आपत्ती जनाउनुभएको छ ।

काठमाडौं महानगरपालिकाका ततकालिन मेयर विद्यासुन्दर शाक्यका स्वकीय सचिव स्थापितले विभिन्न सञ्चार माध्यमले आफ्नो नाम उल्लेख गरेर समाचार सम्प्रेषण गरेकोप्रति गम्भिर ध्यानआकर्षण भएको बताउँदै त्यसमा सत्यता नभएको बताउनुभएको हो ।

उहाँले आफु संलग्न भएको बताउने अभियुक्तसँग आफ्नो कुनै चिनजान नभएको र चिनजानै नभएको व्यक्तिले गम्भिर अपराधमा आफ्नो नाम किन राखे भन्ने बिषय गम्भिर भएको बताउनुभयो । सूचनाप्रेससंग टेलिफोन सम्पर्कमा स्थापितले भन्नुभयो, ‘नक्कली भुटानी शरणार्थी बनाएर विदेश पठाउने कुरा मलाई थाहा भएको विषय होइन । मैले नचिनेको व्यक्तिले दिएको र दिन लगाएको बयानका आधारमा मेरो चरित्र हत्या हुने गरी समाचार सम्प्रेषण नगरिदिनुहुन म सबै सञ्चार माध्यमहरुलाई हार्दिक अनुरोध गर्दछु ।’ आफू हाल काठमाडौं बाहिर भएकाले जुन प्रकारको झूठो, कपोलकल्पित र भ्रामक आरोप ममाथि लगाउने प्रयास भईरहेको छ फर्किएपछि त्यसबारेमा प्रतिवाद गर्ने उहाँको भनाई छ ।