१४ बैशाख २०८१, शुक्रबार 1714169354
Banner

जन्मकैद फैसला भएको एक साता नबित्दै रेशम चौधरीलाई आम माफि दिदै सरकार

काठमाडौं । टीकापुर घटनामा जन्मकैदको सजाय पाएका पूर्वसांसद रेशमलाल चौधरीसहित २२ जनाको कैद माफी मिनाहा गर्ने प्रस्तावसहितको फाइल राष्ट्रपति कार्यालयमा पुगेको छ । जेठ १५ गते गणतन्त्र दिवसका दिन चौधरीलाई राष्ट्रपतिमार्फत माफी मिनाहा गराउने सरकारको तयारी छ ।

कैद माफी मिनाहाका लागि चौधरीसँगै २२ वटा फाइल बुधवार प्राप्त भएको राष्ट्रपति कार्यालयले जनाएको छ । सर्वोच्चले गरेको फैसलाको पूर्णपाठ समेत नआउँदै सरकारले राष्ट्रपति कार्यालयलाई सजाय माफीको सिफारिस गरेको हो ।

२०७२ भदौमा ७ जना सुरक्षाकर्मी र एक नाबालकको मृत्यु हुने गरी भएको हिंसात्मक टीकापुर घटनामा दोषी ठहर भई चौधरीले जन्मकैदको सजाय पाएका छन् । जन्मकैदको सजायअनुसार, २० वर्ष कैद भुक्तान गर्नुपर्ने चौधरी १५ फागुन, २०७४ देखि थुनामा छन् ।