१८ जेष्ठ २०८०, बिहीबार 1685615304
Banner

प्रधानमन्त्री प्रचण्ड जेठ १७ गते भारत भ्रमणमा जार्दै

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड यही जेठ १७ गते भारत भ्रमणमा जाने भएका छन् ।

दुवै देशका अधिकारीहरुको परामर्शमा प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण जेठ १७ देखि २० गतेसम्म तय भएको बताइएको छ । यद्यपि, भ्रमणको मिति भने ओपचारिक रुपमा घोषणा गरिएको छैन ।

गत वैशाखमै भारत भ्रमणको तयारी गरेका प्रधानमन्त्री प्रचण्डले नक्कली भुटानी शरणार्थी प्रकरण र नयाँ बजेटको तयारी लगायतका कारण मिति पछि सारेका थिए । जेठ १५ गते बजेट सार्वजनिक भएपछि १७ गते उनी भारत जाने तय भएको बताइएको छ ।