१२ बैशाख २०८१, बुधबार 1714014665
Banner

रुकुम पश्चिममा जिप दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु

सुर्खेत । रुकुम पश्चिममा आज बिहान जिप दुर्घटना भएको छ । बाँफेकोट गाउँपालिका–८ तोरीधारा मोटे खोला भन्ने ठाउँमा जिप दुर्घटना भएको हो ।

सडकबाट झण्डै चार सय मिटर तल खसेको उक्त जिपमा १० भन्दा बढी मानिस सवार रहेको बताइएको छ । दुर्घटनामा परी दुई जनाको घटना स्थलमै मृत्यु भएको छ । रुकुम प्रहरीका अनुसार प्रहरी भर्खर मात्र घटनास्थलमा पुगेका कारण घटनाको थप विवरण आउन बाँकी रहेका छ ।