७ बैशाख २०८१, शुक्रबार 1713541610
Banner

भारतसँग नेपाल पराजित, शुक्रवार फाइनल प्रवेशका लागि काजाकस्तानसँग खेल्ने

काठमाडौं । काभा महिला भलिबल च्यालेन्ज कप अन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपाल टिम भारतसँग पराजित भएको छ ।

यसअघि नै दुबै टोलीले सेमिफाइनल पुगिसकेका यो खेलको नतिजाले समूह ए को विजेताको टुंगो लगाएको छ ।

फाइनल प्रवेशका लागि दोस्रो सेमिफाइनल नेपालले काजाकस्तानसँग प्रतिस्पर्धा गर्नुपर्ने भएको छ। नेपाल र काजाकस्तानबीचको खेल शुक्रबार हुने छ ।

आजै भएको समूह बी अन्तर्गत अन्तिम खेलमा उज्वेकिस्तानलाई ३–१ को सेटमा हराएर काजाकस्तान समूह विजेता बनेको थियो ।

सुरुका दुई सेट क्रमसः २५–१२ र २६–२४ ले गुमाएको नेपालले तेस्रो सेट २५–२१ ले जितेर खेलमा फर्किने प्रयास गरेको थियो ।

चौथो सेटको आधा समयसम्म प्रतिस्पर्धात्मक भए पनि एक समय नेपालले १८–१५ को अग्रता बनाएर आशा जगाएको थियो ।

तर, त्यसपछि नेपालले ३ अंकमात्र जोड्दा भारतले १० अंक जोडेर जित हाँसिल गर्न सफल भयो ।