१४ बैशाख २०८१, शुक्रबार 1714133807
Banner

सरकारले दिने सहयोग अस्पताल बनाउन प्रयोग गर्न चन्द्र भण्डारीको आग्रह

काठमाडौं । नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीले सरकारले आफूलाई दिने सहयोग अस्पताल बनाउन आग्रह गरे । ३ महिनापछि संसद बैठकमा उपस्थित भएका उनले आफू सौभाग्यले बाचेर आएर आएको आफूलाई दिने सहयोग अस्पताल बनाउन खर्च गर्न आग्रह गरे ।

उनले भने, ‘म कीर्तिपुरबाट जाँदा निदाएको थिएँ । बम्बईमा सात दिनपछि ब्यूँझिएँ । ब्यूँझँदा धेरै साथीहरूले सहयोग गरेको पाएँ, त्यो सहयोगको सम्मान गर्दै सरकारले दिने सहयोग हस्पिटल बनाउनमा प्रयोग होस् ।’

गत फागुन ४ मा घरमा ग्यास सिलिन्डर लिक भएर आगलागी हुँदा फागुन ४ गते जलेर गम्भीर घाइते भएका उनी भारतमा उपचार गराएर केही दिनअघिमात्र फर्किएका थिए । उनका लागि सभामुख देवराज घिमिरेले १२ मिनेट समय छुट्याएका थिए । उनलाई बसेर बोल्ने व्यवस्था मिलाइएको थियो ।