१२ बैशाख २०८१, बुधबार 1713951883
Banner

ढोरपाटनका मेयरसहित इमेज सहकारीका सञ्चालकलाई यात्रा अनुमतिमा रोक

पोखरा । बागलुङको इमेज सहकारी संस्थाका संस्थापक अध्यक्ष तथा ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीलाई यात्रा अनुमतिमा रोक लगाइएको छ ।

गृह मन्त्रालयले अध्यागमन विभागलाई पत्र पठाएर अध्यक्ष नेपालीसहित ६ जना सञ्चालकलाई यात्रा अनुमति रद्द गर्न निर्देशन दिएको थियो । गृहको निर्देशन अनुसार उनीहरुलाई कालो सूचीमा राखिसकिएको अध्यागमन विभागका सूचना अधिकारी खिमराज भुसालले जानकारी दिए । ‘

कार्यवाहक अध्यक्ष डोरबहादुर परियार, सचिव सुनिल नेपाली, कोषाध्यक्ष लक्ष्मी सेन, सञ्चालक चित्रबहादुर भण्डारी, सदस्य रुपा विक र अर्का सदस्य झगबहादुर शाहीको यात्रा अनुमति रद्द भएको छ । मेयर नेपालीसहित सहकारीका पदाधिकारी केही दिनदेखि सम्पर्कविहीन छन् ।

ढोरपाटन नगरपालिका वडा नम्बर १, बागलुङ नगरपालिका–२ र पोखरा–७ सिर्जनाचोकमा कार्यालय रहेको सहकारीका बचतकर्ताले जम्मा गरेको रकम फिर्ता नपाएको भन्दै प्रहरीमा उजुरी दिएका छन् भने सहकारीमा धर्नासमेत दिइरहेका छन् । जेठ ५ गते उपाध्यक्ष डोरबहादुर परियारलाई कार्यवाहकको पत्र दिएर नेपाली सम्पर्कविहीन बनेका थिए ।