१३ बैशाख २०८१, बिहीबार 1714082888
Banner

ढाकाकुमार श्रेष्ठको रिटमाथि आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदै

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले सांसदबाट निलम्बन गरेका ढाकाकुमार श्रेष्ठको रिटमाथि आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदै छ । श्रेष्ठको सांसद पदसम्बन्धी यसअघिको अन्तरिम आदेशलाई निरन्तरता दिने वा नदिने विषयमा आज सर्वोच्चमा सुनुवाइ हुने भएको हो ।

न्यायाधीशद्वय डा. आनन्दमोहन भट्टराई र कुमार रेग्मीको इजलासमा उक्त रिटमाथि सुनुवाइ हुने जनाइएको छ । मन्त्री बन्नका लागि मेडिकल व्यवसायी दुर्गा प्रसाईँसँग घुस लेनदेनको अडियो सार्वजनिक भएपछि श्रेष्ठलाई रास्वपाले कारबाही गरेको थियो । सो कारबाहीका आधारमा सभामुख देवराज घिमिरेले उनको सांसद पद खारेज गरेका थिए ।

श्रेष्ठले सांसद पदमा पुनर्बहालीको माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए । उक्त रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले तत्काल श्रेष्ठको सांसद पद खारेजको निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो ।