११ बैशाख २०८१, मंगलवार 1713897514
Banner

प्रहरी हिरासतमा रहेका श्रीमान् भेट्न पुगिन् मञ्जु

काठमाडौँ । प्रहरी हिरासतमा रहेका आफ्ना पति बालकृष्ण खाणलाई सांसद मञ्जु खाणले भेटेकी छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा हिरासतमा रहेकी खाणलाई भेट्न मञ्जु प्रहरी चौकीमै पुगेकी हुन् ।

उनले जिल्ला प्रहरी कार्यालयको हिरासतमा पति खाणसँग भेटघाट गरेको प्रहरी जनाएको छ । उनी सोमबार बिहान टेकुस्थित जिल्ला प्रहरी कार्यालयमा पुगेकी हुन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न देखिएका पूर्वगृहमन्त्रीसमेत रहेका कांग्रेस नेता खाण वैशाख २७ गते चुच्चेपाटीबाट पक्राउ परेका थिए ।

सो प्रकरणमा मञ्जुमाथि समेत अपुष्ट आरोप लागेपनि उनी पक्राउ परेकी छैनन् । मञ्जु जेठ ४ गते प्रतिनिधिसभाको बैठकमा समेत उपस्थित भएकी थिइन् ।