६ बैशाख २०८१, बिहीबार 1713447328
Banner

अभिनेत्री करिश्मा मानन्धर र समाजवादी जनता पार्टीका अध्यक्षको सिंगै दल एमालेमा प्रवेश गर्दै

काठमडौ । अभिनेत्री करिश्मा मानन्धर घोषित मिति भन्दा महिना दिन अघि नै एमाले प्रवेश गर्ने हुनुभएको छ ।

नेपाल कम्यूनिष्ट पार्टी स्थापनाको दिन ९ बैशाखमा भब्य कार्यक्रमबा बीच एमाले प्रवेश गर्ने भनिएपनि मानन्धर आज नै एमाले प्रवेश गर्ने तय भएको एमाले केन्द्रीय प्रचार विभागले जनाएको छ । प्रचारविभागका उपप्रमुख विष्णु रिजालका अनुसार करिश्मा सहित पूर्वमन्त्री प्रेमबहादुर सिंह आज दिउसो १ बजे पार्टी प्रवेश गर्ने कार्यक्रम रहेको सूचनाप्रेसलाई जानकारी दिनुभयो । पार्टी केन्द्रीय कार्यलयमा आयोजना हुने कार्यक्रममा पूर्वमन्त्री प्रेमबहादुर सिहको सिंगै दल प्रवेश गर्ने रिजालले बताउनुभयो । अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा पार्टी प्रवेश गर्ने कार्यक्रम तय भएको छ ।