७ बैशाख २०८१, शुक्रबार 1713505726
विश्व

तीन जना अपहरणकारी मारिए

अपहरणकारीविरुद्ध अफगान प्रहरीले गरेको कारबाहीमा तीन जना मारिएका छन् । अपहरणमा परेका एक जना स्थानीय व्यापारीलाई सुरक्षा कारबाहीमा सकुशल मुक्त गरिएको प्रहरी प्रवक्ता खालिद जद्रानले बताएका छन् ।

बिहीबार बिहान अपरहणमा परेका ती व्यापारीलाई सोही दिन अपराह्न अपहरणकारीलाई मारेर सकुशल मुक्त गरिएको तथा गत मङ्गलबार अपरहरणमा परेका अर्का एक जना व्यापारीलाई पनि सकुशल मुक्त गरिएको प्रवक्ता जद्रानले बताए ।

लामो समयको आन्तरिक द्वन्द्वका कारण तहसनहस भएको अफगानिस्तानमा सम्पन्न परिवारका सदस्यलाई अतिवादी एवम् सशस्त्र समूहले फिरौती रकम प्राप्त गर्न अपरहणलाई एउटा सहज औजारका रुपमा प्रयोग गर्दै आएका छन् ।