१३ बैशाख २०८१, बिहीबार 1714055438
Banner

एउटा इटा उप्किएको फोटो सामाजिक सञ्जालमा राखेर विपक्षीले विरोध गर्छन् : वडाध्यक्ष महर्जन

काठमाडौं महानगरपालिका वडा नम्बर १८ का वडाध्यक्ष न्हुछेकाजी महर्जन वडाध्यक्ष भएको यो दोस्रो कार्यकाल हो । २ पटक वडा सदस्य र २ पटक अध्यक्ष बनेका उनको जनप्रतिनिधिको हैसियतमा चौथो कार्यकाल हो ।

२०४९ सालदेखि कर्मचारी हुँदै जनप्रतिनिधि बनेको उनी कर्मचारी र जनप्रतिनिधिको रूपमा ३ दशकबढी समय १८ नम्बर वडा कार्यलयमा बिताइसकेका छन् । उनै वडाध्यक्ष महर्जनसँग सूचनाप्रेसका लागि गरिएको कुराकानीको सम्पादित अंशः

तपाईको एक बर्ष कस्तो रहयो ?

वडाध्यक्षको रूपमा यो मेरो दोस्रो कार्यकाल हो । यहाँ मैले पहिले पनि काम गरेका कारण अहिले मलाई ग्राह्रो छैन । सोचेको जस्तै गरी नै काम भइरहेको छ । एक दुई वटा सम्पदा निर्माणबाहेक अन्य काम सबै सोचे अनुसार नै निर्माण भइरहेको छ ।

नारायण गोपाल संग्राहलय बनाउने योजना छ । हामीले यो कानुनको समस्याको कारण रोकिएको छ । यो महानगरपालिकाले किन्ने अधिकार छैन । मन्त्रिपरिषद्ले निर्णय गरेर गर्नुपर्छ । आँग छेँ बनाउन सकिरहेको छ । वडालाई बनाउने अधिकार छैन, बनाउनुपर्ने निकायले ध्यान दिएको छैन ।

काम गर्न कतिको सजिलो भइरहेको छ ?

यो मेरो जनप्रतिनिधिको हिसाबले चाौथो कार्याकाल हो । २०५४ र २०५९ मा मैले सदस्यको हैसियतमा कार्यकाल विताएको छु । ५४ देखि हिसाव गर्ने हो भने अहिलेसम्म म निरन्तर २७ वष यो वडामा सक्रिय छु ।

पहिले कर्मचारीको रूपमा पनि यो वडामा काम गरेको अनुभव छ । मलाई काम गर्न गाह्रो छैन । केही १–२ जना मै हुँ भन्ने अटेरी हुन्छन् तिनीहरूलाई कन्भिन्स गर्न मात्र गाह्रो भएको हुन्छ ।

तपाईले वडाको सबै मतदातालाई व्यक्तिगत रूपमा चिन्नु हुन्छ ?

अहिलेको युवाहरूलाई चिन्न गाह्रो छ । मेरो उमेर र मेरो उमेर माथिकालाई धेरै चिन्छु । युवा र पछिल्लो पुस्ताकालाई अलि चिन्न गाह्रो हुन्छ ।

तपाईप्रति युवाको कस्तो धारण छ ?

राम्रो प्रतिक्रिया दिएको पाएको छु । हामीले युवाहरू पनि विभिन्न खेलकुद लगायत माध्यमबाट समेटिरहेका छौं । सांस्कृत रूपमा महत्वपूर्ण क्षेत्र हो । सांस्कृत क्षेत्रमा पनि युवालाई विभिन्न रूपमा सहभागी गराएर हामीले अघि बढाइरहेका छौं ।

वडाको आफ्नो भवन नभएर भाडामा बसेको हो ?

यो भवन भाडाको हो । हाम्रो आफ्नो भवन पनि छ । हामी छिट्टै आफ्नो भवनबाट सेवा दिन्छौं ।

पछिल्लो कार्यकालको १ वर्षका के–के काम गर्नुभयो ?

मेरो यो कार्यकालमा १०० मिटर भित्रसम्मको गल्लिमा जहाँ दमकल जान सक्दैन, त्यो स्थानमा मैले पाइपको व्यवस्थापन गरिदिएको छु । त्यो महत्वपूर्ण काम हो । महिलाहरूलाई सिप मुलक तालिमको व्यवस्था । अर्को वडामा विभिन्न राष्ट्रिय र स्थानीय व्यक्तिहरू स्थान छ । जस्तो स्वर सम्रराट नारायण गोपाल, जनकवी केसरी चित्तधर, पूर्ण बहादुर यज्ञ जसले नेपालमा सबैभन्दा पहिला यज्ञ गरेका थिए । कलाकारहरू छन् । उत्तम कर्मचारी लगायत धेरै कलाकारहरू छन् ।

इन्द्रजात्रामा नाच्ने देवीनाच लगायत धार्मिक र सांस्कृत क्षेत्र भएको क्षेत्र हो । दसैंको अष्टमीमा पुजा हुने रत्नका काली पनि छ । सहिद गंगालालको नामबाट गंगालाल मार्ग, पुष्पलालको नामबाट पुष्पलाल मार्ग लगायत सडकको नाम बनाएका छौं । सडकमा निर्माण, सडकमा सिसिटिभी जडान, बत्ति जडान गरिएको छ ।

वडाको चुनौति र समस्याहरू के–के छन् ?

विपक्ष पार्टीले यहाँ सकेसम्म काम गर्न नदिने पहिलो समस्या हो । चोक सफा गर्ने, बत्ति जडान गर्ने, भौतिक पूर्वाधार निर्माण गर्नेलगायत काममा विपक्षले सहयोग गरेका छैनन् ।

१–२ वटा इटा उप्किएको देखाएर, चोकमा चिम देखाएर वडाले काम गरेन भनेर उल्टो प्रचार गरिरहेका छन् । व्यवहारिक रूपमा परेको सामस्या हामीले समाधान गरिरहेका छौं । वडा वासी सन्तुष्ट भएर बसेका छन् ।

सेवामा ढिला सुस्ति र कर्मचारी समयमा नआउने तपाईको वडामा समस्या छ ?

कहीले काँही विरामी विदा लिएको समयमा यस्तो हुन्छ । जस्तो इन्जिनीयर, लेखापाल, कम्प्युटर अपरेटर नभएको अवस्थामा आज भएन भोली आउ भन्न पर्छ । तर, सकेसम्म इन्जिनीयरबाहेकको पाटोमा हामीले मिलाएर काम गरिरहेका छौं ।