१४ बैशाख २०८१, शुक्रबार 1714159031
अर्थ

भारतले २०० को नोटमा प्रतिबन्ध लगाउने घोषणा

काठमाडौं। भारतले २००० रूपैयाँको नोटलाई प्रतिबन्ध लगाउने घोषणा गरेको छ।

भारतीय रिजर्भ बैंकले २ हजारका नोट नचालउने भन्दै अब बजारमा नपठाउने घोषणा गरेको हो। यद्यपी आगामी सेप्टेम्बेर ३० सम्म भने २ हजारको नोटको आधिकारिकता कायम हुने बैंकले एक सूचनामार्फत जानकारी गराएको छ। बैंकको आधिकारिक ट्वीटर ह्याण्डलमा २ हजारको नोट नचलाउने उल्लेख गरेको छ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी सरकारले सन् २०१६ मा १ हजार र ५ सयका नोटमा प्रतिबन्ध लगाएपछि २ हजारको नोट प्रचलनमा ल्याइएको थियो। त्यो घोषणाको ७ वर्षमै २ हजारको नोटलाई बन्द गर्न लागिएको हो।

बैंकले आम सर्वसाधारणलाई सेप्टेम्बर ३० सम्ममा आफूसँग भएको २ हजारको नोट बैंकमा जम्मा गर्न आग्रह गरेको छ।