१४ बैशाख २०८१, शुक्रबार 1714122387
Banner

उम्मेदवार छनोटमा जुट्यो एमाले

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (एमाले) उम्मेदवार छनोटका साथै चुनावी रणनीति बनाउन जुटेको छ । यसै सिलसिलामा सोमबार काठमाडौंमा एमालेको प्रथम पोलिटब्युरो कमिटी बैठक बसेको छ । बुधबार र बिहीबार काठमाडौंमै केन्द्रीय कमिटीको बैठक बस्दै छ ।

एमाले उपमहासचिव एवं प्रवक्ता पृथ्वीसुब्बा गुरुङले आगामी स्थानीय तह निर्वाचनको आन्तरिक तयारी एवं छलफल पार्टीभित्र भइरहेको बताए । पोलिटब्युरो बैठकले उम्मेदवार छनोटका मापदण्डका साथै पछिल्लो राजनीतिक अवस्था’दयगत निर्णय गरेको उनले बताए । ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि पोलिटब्युरो बैठकमा छलफल सम्पन्न गर्दै विस्तृत छलफल केन्द्रीय कमिटीको बैठकमा हुने प्रवक्ता गुरुङले बताए ।

‘हामी स्थानीय तहको निर्वाचन केन्द्रित छलफलमा जुटेका छौं । उम्मेदवार छनोटका मापदण्डलगायतका विषयमा पोलिटब्युरो बैठकमा गर्यौं । अब केन्द्रीय सदस्यको समेत सुझाव लिएर पालिका केन्द्रित कार्यक्रम बनाएर आगाडि बढनेछौं’ प्रवक्ता गुरुङले भने ।

सोमबार बसेको एमालेको पहिलो पोलिटब्युरो बैठकले उम्मेदवार छनोटका लागि ६ वटा मापदण्ड तय गरेको उनले बताए । हाल जनप्रतिनिधि भएर काम गरेका हकमा उनीहरूले कामको मूल्यांक, कार्यक्षमता, विकास, सुशासनलगायतका विषयलाई आधार बनाइने गुरुङले बताए ।

यसैगरी, लोकप्रियता, निर्वाचनमा विजयी हुने सुनिश्चिततालाई समेत पार्टीले आधार बनाउनेछ । यस्तै, कम्युनिस्ट एवं लोकतान्त्रिक आन्दोलनमा पु¥याएको योगदान, निष्ठा, समावेशी सन्तुलनलगायतका पक्षमा समेत पार्टीले आधार मानेर टिकट वितरण गर्ने उनले बताए ।

बैठकले वडाअध्यक्ष र सदस्यका उम्मेदवारको सिफारिस वडा कमिटीको सिफारिसमा गाउँपालिकाले निर्णय गर्ने, गाउँपालिका अध्यक्षको जिल्ला कमिटीले र मेयर तथा उपमेयरको प्रदेश कमिटीले निर्णय गर्ने प्रवक्ता गुरुङले बताए । महानगरको मेयर र उपमेयरका उम्मेदवार प्रदेशको सिफारिसमा केन्द्रीय कमिटीले गर्ने मापदण्ड एमालेले बनाएको छ ।

यसअघि एमाले सचिवालयले गरेको स्थानीय तह निर्वाचनका उम्मेदवारको विधि पोलिटब्युरोले हेरफेर गरेको हो । पोलिटब्युरो सदस्यले दिएको सुझावका आधार हेरफेर गरिएको हो ।

गत १ चैतमा बसेको एमाले केन्द्रीय सचिवालय बैठकले वडाध्यक्ष र सदस्यको सिफारिस पालिका कमिटीले गरेर जिल्ला कमिटीले निर्णय गर्ने विधि तय गरेकोमा पोलिटब्युरो बैठकले त्यसलाई हेरफेर गर्दै वडाध्यक्ष र सदस्यका उम्मेदवारको सिफारिस वडा कमिटीले गर्ने प्रस्ताव पारित गरेको छ ।

बैठकमा आवश्यकताका आधारमा अन्य दलसँग चुनावी तालमेल गर्ने’दयगत समेत छलफल भएको छ । तर, बैठकले सो’दयगत निर्णय गरेको छैन । प्रवक्ता गुरुङका अनुसार बैठकमा प्रस्ताव आए पनि निर्णय भने नगरिएको बताए । केन्द्रीय कमिटीको बैठकमा चुनावी तालमेल’दयगत विस्तृत छलफल गरेर निर्णय लिइने उनले बताए ।

सत्तारूढ दल चुनावी तालमेलमा गएपछि एमालेमा समेत चुनावी तालमेलको बहस सुरु भएको हो । एमाले स्रोतका अनुसार पार्टी अध्यक्ष केपी शर्मा ओलीले लोकतान्त्रिक समाजवादी पार्टी नेपाल ९लोसपा०, जनमत पार्टीसँग चुनावी तालमेलको विषयमा भित्रभित्रै छलफलमा छन् ।

यस्तै, बैठकले आगामी ९ वैशाखमा स्थानीय तह निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गर्ने निर्णय गरेको छ । घोषणापत्रको मस्यौदा लेखनको कार्य भइरहेको छ । पार्टी स्थापना दिवसको अवसर पारेर एमालेले चुनावी घोषणपत्र सार्वजनिक गर्ने निर्णय गरेको हो ।

बैठकले स्थानीय निर्वाचन केन्द्रीय कार्यतालिका बनाएर निर्वाचनमा सबै केन्द्रीय सदस्यलाई परिचालन गर्ने निर्णय गरेको प्रचार विभागका उपप्रमुख विष्णु रिजालले बताए ।

बाम एकता असम्भव : ओली
बैठकमा कम्युनिस्ट पार्टीबीच पार्टी एकताका तथा चुनावी बामएकताको प्रस्ताव आएको छ । तर, सो प्रस्तावलाई अध्यक्ष ओलीले अस्वीकार गर्दै बाम एकता असम्भव रहेको बताए ।

बैठकमा नेता घनश्याम भुसालले एमाले बाम एकताको मूल प्रवाह भएकाले पार्टी एकता वा चुनावी बामएकता गर्नुपर्ने प्रस्ताव गरेका छन् । भुसालका साथै नेता रघुजी पन्तले समेत यो प्रस्तावमा सहमति जनाउँदै वामएकता गर्नुपर्ने मत राखेका छन् ।

‘नेकपा विभाजन हुनुमा कुनै वैचारिक वा सैद्धान्तिक कारण नै छैन । त्यसैले विगतको समीक्षा गर्दै कम्युनिस्ट पार्टीबीच पार्टी एकता वा चुनावी वामगठबन्ध गर्नु आवश्यक छ’ बैठकमा भुसालले भने, ‘आगामी निर्वाचनमा विजय सुनिश्चित गर्न पार्टी एकता वा वामगठबन्धन आवश्यक रहेको देखिन्छ । बहुसंख्यक कम्युनिस्ट सदस्य तथा कार्यकर्ताको चाहना पनि यही हो ।’

तर, अध्यक्ष ओलीले नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टीसँग कुनै पनि हालतमा एकता नहुने स्पष्ट जवाफ दिएका छन् । ओलीसहित नेता महेश बस्नेत, हिक्मत कार्कीलगायतका नेताले माओवादी र एकीकृत समाजवादीसँग पार्टी एकता गर्न आवश्यक नभएको भन्दै भुसाल र पन्तको प्रस्तावलाई अस्वीकार गरेका छन् ।

‘एमालेले वामपन्थी पार्टीबीच एकता वा चुनावी गठबन्धन गर्दैनन् । पार्टी एकताका लागि ढोका खुला राख्नुपर्ने धरातल प्रचण्ड र माधव नेपालले भत्काइसकेका छन्’ ओलीले भने, ‘झ्याल ढोका फोडेर गएकासँग के को एकता हँुदैन रु त्यसरी गएकालाई हामीले एकताका लागि ढोका खुला राख्नुको कुनै अर्थ छैन ।’

बैठकमा ओलीले चित्रबहादुर केसीको राष्ट्रिय जनमोर्चाले एमालेसंग पार्टी एकता नगर्ने निर्णय नै गरिसकेको जानकारी गराए । बैठकमा सहभागी एक पोलिटब्युरो सदस्यका अनुसार एमालेले अब कम्युनिस्ट पार्टीसँग पार्टी एकता वा चुनावी तालमेल नगर्ने स्पष्ट सन्देश ओलीले दिएका छन् । राजधानी दैनिकमा खबर छ ।