२०७९ मंसिर १५ बिहीबार 1669933942
Banner

पार्टी स्थापनाको दिन एमालेले चुनावी घोषणा पत्र सार्वजनिक गर्ने

काठमाडौं – नेकपा एमालेले स्थानीय तहको निर्वाचनका लागि ९ वैशाखमा घोषणपत्र सार्वजनिक गर्ने भएको छ ।

आज बसेको पहिलो पोलिटब्युरो बैठकले पार्टी स्थापना दिवसको अवसर पारेर केन्द्रले घोषणापत्र सार्वजनिक गर्ने एमाले प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरूङले जानकारी दिनुभयो । साथै स्थानीय तहहरुमा पनि चुनावी प्रतिवद्धतापत्र सार्वजनिक गर्ने निर्णय भएको उहाँले बताउनुभयो ।

साथै सोही दिन सबै पालिकामा चुनावी प्रतिवद्धता जारी गर्ने पनि पोलिटब्युरो बैठकले निर्णय गरेको छ । त्यस्तै स्थानीय तहको निर्वाचनमा आफ्नो विभागीय काममा असर नगर्ने गरी केन्द्रीय कमिटी सदस्य निर्वाचनमा खटिने, पार्टीको क्यालेन्डर बनाउने, जेष्ठ नागरिक सम्मान गर्ने लगायतका निर्णय पनि एमालेले गरेको छ । अगामी चैत ९ गते बस्ने केन्द्रीय कमिटी बैठकले सचिवालयले गरेका निर्णयको अनुमोदन गर्नेछ ।