१३ बैशाख २०८१, बिहीबार 1714061355
राजनीति

घरको गेट सडकतिर फर्काएर नखोल्न ललितपुर महानगरको निर्देशन

काठमाडौं । ललितपुर महानगरपालिकाले घरको गेट सडकतिर फर्काएर नखोल्न निर्देशन दिएको छ ।

महानगरपालिकाले घरको गेट सार्वजनिक जग्गासमेत अतिक्रमण गरी सडकतर्फ खोल्ने गरेको पाइएको भन्दै त्यसो नगर्न भनेको हो ।

सार्वजनिक सूचना जारी गर्दै महानगरपालिकाले सडकतर्फ गेट खोल्दा सर्वसाधारणलाई हिंड्न अवरोध हुने भएकोले ३५ दिनभित्र सुधार गर्न निर्देशन दिएको हो ।

तोकिएको तिमिभित्र पनि यसरी गेट खोलेको पाइएमा कानुनी कारबाही हुने चेतावनीसमेत महानगरपालिकाले दिएको छ ।