१२ बैशाख २०८१, बुधबार 1713984361
खेलकुद

उमा नेपालका कराते खेलाडीले जिते ६ वटा अन्तर्राष्ट्रिय पदक

काठमाडौं । उमा नेपालका कराते खेलाडीहरूले ६ वटा अन्तर्राष्ट्रिय पदक जितेका छन् । १४ मे २०२३ मा बेलायतको ग्लोष्टर शहरमा भएको WUMA युरोपियन प्रतियोगितामा नेपालकातर्फबाट खेलेका खेलाडीहरूले ६ वटा पदक जित्न सफल भएका हुन् ।

जसमा जापानीज फमको कातामा स्वर्ण पदक शान्ति लामाले जितिन् । उनले सेमी कन्टाक्ट प्वाइन्ट कुमितेतर्फ कास्य पदक जितिन् ।

त्यस्तै बिमलप्रसाद थपलियाले पनि सेमी कन्टाक्ट प्वाइन्ट कुमितेतर्फ कास्य पदक जिते । सेमी कन्टाक्ट प्वाइन्टमै कुमिततर्फ कास्य पदक कुसुम ढकालले पनि जिते ।

कमल मगरले चाइनिज फम खालिहाततर्फ स्वर्ण पदक र (हतियार सहित) कास्य पदक जिते । कृष्ण अर्याल अफिसियलतर्फका उमा कुङ्कुबाट खेलाडीको रूपमा रहेका थिए ।

आलोक बडालले टिम ब्यवास्थापकको जिम्मेवारी लिएका थिए । भने सुरेन राइ व्यवस्थापक थिए ।

उक्त प्रतियोगिताको उमा नेपालका संस्थापक अध्यक्ष सुरेश बैद्य र असुराज श्रेष्ठ रेफ्रि तथा जजको भुमिका निर्वाह गरेका थिए ।

त्यसै सन्दर्भमा उमाका ग्राण्ड मास्टर तथा वर्ल्ड प्रेशिडेन्ट रिचर्ड हपकिन्स र उमा नेपाल संस्थापक अध्यक्ष सुरेश बैद्य ज्यूलाई खादा ओढाएर सम्मान पत्र प्रदान गरिएको थियो ।