१२ बैशाख २०८१, बुधबार 1714000235
विश्व

न्युजिल्याण्डको एक होस्टेलमा आगलागी हुँदा ६ जनाको मृत्यु

काठमाडौं । न्युजिल्याण्डमा एक होस्टेलमा आगलागी हुँदा ६ जनाको मृत्यु भएको छ। वेलिंग्टनको चार तले भवनमा मध्यराति १२ः३० बजे भएको आगलागिमा परेका केही मानिसको उद्धार गरिएको छ भने कैयौँ बेपत्ता भएका छन्।  

आगो २० वटा आपतकालीन दमकलको सहायताले नियन्त्रणमा लिइएको थियो। प्रहरी अधिकारीहरूले मृतकको संख्या बढ्न सक्ने बताएका छन्। न्युजिल्याण्डका प्रधानमन्त्री क्रिस हिपकिन्सले घटनाप्रति दुख व्यक्त गर्दै ज्यान गुमाउनेका परिवारजनप्रति समवेदना प्रकट गरेका छन्। प्रहरीले आगलागीको कारणबारे अनुसन्धान गरिरहेको जनाएको छ। एजेन्सी