७ बैशाख २०८१, शुक्रबार 1713511754
Banner

चिनियाँ विदेशमन्त्री चैत ११ गते नेपाल आउने

काठमाडौं । चिनियाँ विदेशमन्त्री वाङ यी चैत ११ गते नेपाल भ्रमणमा आउने निश्चित भएको छ ।

परराष्ट्र मन्त्री नारायण खड्काको निमन्त्रणामा विदेशमन्त्री वाङ नेपाल आउन लागेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।

नेपाल भ्रमणका क्रममा विदेशमन्त्री वाङले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गर्ने मन्त्रालय स्रोतले जनाएको छ ।

यस्तै परराष्ट्रमन्त्री खड्कासँग १२ गते दुई पक्षीय भेटवार्ता पनि हुनेछ ।

भ्रमणका क्रममा वाङले पूर्वप्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग भेटवार्ता गर्ने तय भएको छ । विदेशमन्त्री वाङ १३ गते स्वदेश फर्किनुहुनेछ ।