४ जेष्ठ २०८१, शुक्रबार 1715963447
Banner

यौन दुर्व्यवहारको आरोपमा कृषि विज्ञ मदन राई प्रहरी नियन्त्रणमा

काठमाडौं। कृषि विज्ञ मदन राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ। खोटाङ प्रहरीले आज बिहान राईलाई उनकै शुभम् फाउन्डेसनबाट नियन्त्रणमा लिएको हो।

राईमाथि शुभम फाउन्डेसनले सन्चालन गरेको विद्यालयमा अध्ययनरत विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको आरोप लागेको छ।

त्यसबारे सोधपुछ गर्न जिल्ला प्रहरी कार्यालयमा ल्याइएको र सोधपुछ चलिरहेको इन्सपेक्टर वेनुकुमार कार्कीले जानकारी दिए।

शुभम् फाउन्डेसन अन्तर्गत खोटाङको रुपाकोट मझुवागढी नगरपालिकाको जनजागृति माध्यामिक विद्यालयले ‘गर्दै, सिक्दै’ कार्यक्रम लागू गरेको छ।