७ बैशाख २०८१, शुक्रबार 1713510464
Banner

प्रदेश-१ प्रहरीले मोरङ घटनाको छानविन गर्ने

काठमाडौं । प्रदेश- १ प्रहरी कार्यालयले मोरङ जिल्लाकाे लेटाङमा भएकाे घटनाको छानबिन गर्ने भएको छ ।

प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी अरुण बिसीले घटनाको छानबिन गरेर सत्यतथ्य बाहिर ल्याउने र दोषीलाई कारबाही गरिने बताउनुभएकाे हाे । आक्रोशित स्थानीयको भीड नियन्त्रण गर्न गएको प्रहरीमाथि आक्रमण हुनु दुःखद भएको भन्दै उहाँले हिंस्रक आक्रमणकारीलाई कारबाहीको दायरामा ल्याउने बताउनुभयो ।

आइतबार भएको घटनामा परी १ जना महिला प्रहरीको मृत्यु हुनुका साथै २५ जना प्रहरी र ७ जना सर्वसाधरण घाइते भएका छन् ।