२०७९ आश्विन १९ बुधबार 1665019133
Banner

एमालेका चार नेता चीन भ्रमणमा

काठमाडौ । नेकपा एमालेका चारजना नेता चीन भ्रमणमा निस्किनुभएको छ ।

नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलसहितका चार नेता चीनको भ्रमणमा निस्किएको एमाले नेता विष्णु रिजालले सामाजिक सञ्जालमार्फत जानकारी गराउनुभयो । चार नेताको टोलीले चीनको कुन्मिङमा आयोजना हुने इकोनोमिक कोअपरेसन एन्ड कल्चरल एक्स्चेन्ज कार्यक्रममा भाग लिनेछ ।

पौडेलको नेतृत्वमा स्थायी कमिटी सदस्य काशीनाथ अधिकारी, लेखा आयोगका अध्यक्ष तथा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. पुष्पराज कँडेल र केन्द्रीय कमिटी सदस्य मीनासिंह रखाल रहेका छन् ।

तस्बिर : रिजालको ट्विटरबाट