१४ बैशाख २०८१, शुक्रबार 1714142424
Banner

अर्घाखाँची आगलागी अपडेट : ४ जनाको मृत्यु

काठमाडौं। अर्घाखाँचीमा घरमा लागेको आगो निभाउने क्रममा जलेर मृत्यु हुनेको संख्या ४ पुगेको छ। आगलागीमा परेर घाइते भएका थप एक जनाको उपचारका क्रममा काठमाडौंमा मृत्यु भएको छ।

भूमिकास्थान नगरपालिका–२ का ३६ वर्षीय माधव बेल्वासेको कीर्तिपुर अस्पतालमा उपचारका क्रममा बुधबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका इन्सपेक्टर कृष्णप्रसाद घिमिरेले जानकारी दिए।

भूमिकास्थान नगरपालिका–२ तिरतिरे जंगलमा मंगलबार लागेको आगो स्थानीय पदम बेल्वासेको २ तले कच्ची टिनले छाएको घरमा सल्केको थियो।

घरमा लागेको आगो निभाउने क्रममा गम्भीर घाइते भएको पाँच जनामध्ये ७२ वर्षीय पिताम्बर बेल्वासे, ५५ वर्षीय पदम बेल्वासे र ५२ वर्षीय घनश्याम बेल्वासेको यसअघि नै मृत्यु भइसकेको थियो।

पदमलाई थप उपचारको लागि काठमाडौ लैजाने क्रममा नारायणगढमा र पिताम्बरको मिसन अस्पतालबाट काठमाडौं लैजांदै गर्दा पाल्पामै मंगलबार राति मृत्यु भएको हो।

काठमाडौस्थित कीर्तिपुर अस्पतालमा उपचाररत माधव र घनश्यामको भने बुधबार बिहान ७ बजे मृत्यु भएको प्रहरीले जनाएको छ।

आगलागीमा परेकी २६ वर्षीय अस्मिता बेल्वासेको पाल्पा मिसन अस्पतालमा उपचार भैरहेको र उनी खतरामुक्त रहेको प्रहरी निरीक्षक घिमिरेले बताए। घाइते सबैलाई अर्घाखाँची अस्पतालमा प्राथमिक उपचारपछि मंगलबारै पाल्पा मिसन अस्पताल लगिएको थियो।