१८ जेष्ठ २०८०, बिहीबार 1685616446
खेलकुद

आर्सनलसँग न्युकासल र वेष्टहमसँग युनाइटेड पराजित

काठमाडौं। इंगलिस प्रिमियर लिगमा उपाधि होडमा रहेको आर्सनल विजयी हुँदा शीर्ष ४ को दौडमा रहेको म्यानचेस्टर युनाइटेड पराजित भएको छ।

आइतबार रातिको खेलमा दोस्रो स्थानको आर्सनलले घरेलु टोली न्युकासल युनाइटेडलाई २-० ले हरायो। यो जितसँगै आर्सनलले शीर्ष स्थानको म्यानचेस्टर सिटीसँगको अंक दूरी एकमा झार्न सफल भयो।

न्युकासलको मैदान सेन्ट जेम्स पार्कमा आर्सनलका लागि कप्तान मार्टिन आडेगार्डले जर्गिन्होको पासमा १४औं मिनेटमा एक गोल गर्दा ७१ औं मिनेटमा अर्को एक गोल उपहार पाएको थियो।

ओडेगार्डको प्रहारलाई जोगाउन खोज्दा फावियन सारबाट आत्मघाती गोल भएको थियो। यो जितसँगै आर्सनलले ३५ खेलबाट ८१ अंक जोड्न सफल भयो।

आर्सनलभन्दा एक खेल कम खेलेको सिटी भने ३४ खेलबाट ८२ अंकसहित शीर्ष स्थानमा छ। हारपछि न्युकासल ३४ खेलबाट ६५ अंकसहित तेस्रो स्थानमै छ।

अब लिगमा सिटीले ४ र आर्सनलले ३ खेल खेल्न बाँकी रहँदा उपाधि होड रोमाञ्चक बनेको छ। आइतबार रातिकै अर्को खेलमा म्यानचेष्टर युनाइटेड वेष्टहमसँग १-० ले पराजित भएको छ।

वेष्टहमको घरेलु मैदानमा पहिलो हाफमा युनाइटेडका साइद बेनराहमाले गरेको गोल नै निर्णायक बन्यो।

यो हारले युनाइटेडले तेस्रो स्थानमा उक्लने मौका गुमाएको छ। युनाइटेड ३४ खेलबाट ६३ अंकसहित चौथो स्थानमा छ भने ३५ खेलबाट ३७ अंक जोडेको वेष्टहाम १५ औं स्थानमा छ।