१३ बैशाख २०८१, बिहीबार 1714027305
कला/साहित्य

प्रियंका कार्कीमाथि सीआइबीको अनुसन्धान

काठमाडौं । नायिका प्रियका कार्की नेपाल प्रहरीको अनुसन्धानको दायरामा तानिएकी छिन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) ले अनुसन्धानको दायरामा ल्याएको छ ।

क्रिप्टोकरेन्सी सम्बन्धी घटनामा सोधपुछ गर्नको लागि उनलाई सिआइवीमा बोलाएको हो । उनी आइतबार दिउँसो सिआइबीमा पुगेकी थिइन ।

सामाजिक सञ्जालमा प्रयोग भएको एक फोटोमा प्रियंकाले क्रिप्टोलाई प्रमोसन गर्ने हिसाबले पोस्ट भएको देखिएपछि उनी अनुसन्धानमा तानिएकी प्रहरीले जनाएको छ ।