१५ बैशाख २०८१, शनिबार 1714205542
Uncategorized

माओवादीको महाधिवेशनमा आएका जिल्ला इन्चार्ज नै एमाले प्रवेश

काठमाडौं । माओवादी केन्द्रको महाधिवेशनमा सहभागी हुन् काठमाडौँ आएका बारा जिल्लाका इन्चार्ज माओवादी केन्द्र परित्याग गरी एमाले प्रवेश गर्नुभएको छ ।
बिहिवार साझ जिल्ला इन्चार्ज कुमार मोक्तान सहित ठुलो संख्यामा माओवादीका नेता कार्यकर्ता नेकपा (एमाले) मा प्रवेश गर्नुभएको हो ।

माओवादीबाट कुनै परिवर्तन सम्भव नभएको र माओवादीले परिवारका अपेक्षा बाहेक जनताका अपेक्षा पुरा गर्न नसकेको भन्दै मोक्तान अध्यक्ष ओली निवास बालकोट पुगेर एमाले प्रवेश गर्नुभएको हो ।

मोक्तानलाई अध्यक्ष ओलीले खादा ओढाएर एमालेमा स्वागत गर्नुभएको थियो । पार्टी प्रवेश पछी प्रतिक्रिया दिदै मोक्तानले बारा जिल्लाका हजारौ नेता कार्यकर्ता अब एमालेमा प्रवेश गर्ने बताउनुभयो । ‘अबको परिवर्तन एमालेबाट मात्र सम्भव छ’उहाँले भन्नुभयो ।

उक्त अवसरमा पार्टी केन्द्रिय सदस्य रेशम लामा लगायतको पनि सहभागिता रहेको थियो। दशौँ राष्ट्रिय महाधिवेशन पछि एमालेले बृहत पार्टी प्रवेश अभियान चलाएको छ।