६ जेष्ठ २०८१, आईतवार 1716117712
अर्थ

ह्वातै बढ्यो सुनको मूल्य

काठमाडौं। सुनको मूल्य एकदैदिन तोलामा एक हजार ८ सय रुपैयाँले वृद्धि भएको छ। बुधबार छापावाल सुन प्रतितोला १ लाख १० हजार ६०० रुपैयाँले कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

सोमबार प्रतितोला १ लाख ८ हजार ८०० रुपैयाँमा कारोबार भएको सुन बुधबार एकैदिन १ हजार ८०० रुपैयाँले वृद्धि भएको हो।

यस्तै बुधबार तेजाबी सुन प्रतितोला १ लाख १० हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार प्रतितोला १ लाख ८ हजार ३०० रुपैयाँमा कारोबार भएको तेजाबी सुन बुधबार प्रतितोला १ हजार ७५० रुपैयाँले बढेको हो।

बुधबार चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। १९ वैशाख मंगलबार प्रतितोला १ हजार ४०५ रुपैयाँमा कारोबार भएको चाँदी बुधबार २० रुपैयाँले वृद्धि भएर प्रतितोला १ हजार ४२५ रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।