२०७९ आश्विन १६ आईतवार 1664730135
Banner

गठबन्धन होला र चुनाव जितौंला भनेर ढुक्कले बस्ने होइन : प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी एक्लै, आफ्नै खुट्टामा उभिने गरी चुनावको तयारीमा लागेको बताउनुभएको छ ।

पोखरामा पत्रकारसँग कुराकानी गर्दै उहाँले भन्नुभयो, ‘निर्वाचन गठबन्धनबाट हुन्छ कि एक्लै हुन्छ भन्ने आम सवाल छ । हामी गठबन्धन होला र चुनाव जितौंला भनेर बस्ने होइन, आफ्नै खुट्टामा उभिने हो । आफ्नै संगठनलाई बलियो पार्ने हो ।’जनताका मुद्दा माओवादीको प्रमुख एजेण्डा भएको भन्दै उहाँले त्यसैलाई लिएर चुनावमा जाने बताउनुभयो ।

चुनावी तालमेलबारे प्रचण्डले सबैखाले सम्भावना खुला राख्ने बताउनुभयो । ‘कांग्रेसका केही नेताले तुच्छ भाषा बोल्नुभयो । त्यसैले मैले एमालेसँग पनि गठबन्धन हुनसक्ने कुराको संकेत गरेको हुँ,।’

उहाँले निर्वाचन तोकिएकै मितिमा हुने दावी गर्नुभयो । ‘हुन त नेपालमा चुनावको बिहान पनि हुन्छ कि हुँदैन भनेर शंका गर्छन् । म भन्छु स्थानीय निर्वाचन बैशाख ३० गते नै हुन्छ, ‘यसमा दुविधा पाल्नुपर्ने कुनै कारण छैन । चुनावको तयारीमा लाग्न म आग्रह गर्छु ।’ संविधान र अहिलेको व्यवस्थाको रक्षा गर्न माओवादी अन्तिमसम्म लड्ने उहाँको भनाइ थियो ।