१२ बैशाख २०८१, बुधबार 1713953281
राजनीति

माओवादी कर्णाली प्रदेशका सचेतक विष्ट एमाले प्रवेश गर्दै

सुर्खेत । नेकपा माओवादी कर्णाली प्रदेश संसदीय दलका प्रमुख सचेतक ठम्मर विष्ट आज नेकपा एमाले प्रवेश गर्ने भएका छन् । वीरेन्द्रनगरमा रहेको सिटी हलमा आयोजना गरिएको पार्टी प्रवेश कार्यक्रममा पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोख्रेलले उहाँलाई स्वागत गर्ने बताईएको छ ।

विष्टसहित थप केही जिल्ला कमिटिका सदस्यहरु समेत एमालेमा प्रवेश गराउने तयारी भइरहेको नेकपा एमाले कर्णालीले जनाएको छ ।