२०७९ मंसिर १५ बिहीबार 1669932070
Banner

बृहत जनसभालाई सम्बोधन गर्न एमाले अध्यक्ष ओली आज ईलाम जानुहुँदै

इलाम – नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली इलामको सूर्योदय नगरपालिका हुने बृहत जनसभालाई सम्बोधन गर्न आज इलाम जाँदै हुनुहुन्छ ।

अध्यक्ष ओलीसँगै एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ पनि जनसभालाई सम्बोधन गर्ने त्यतातर्फ जार्ने कार्यक्रम तय भएको हो ।

इलामको निर्वाचन क्षेत्र नम्बर १ मा नेकपा एमालेबाट झलनाथ खनाल विजयी हुनुभएको थियो। खनाल नेकपा एकीकृत समाजवादी पार्टीमा लागेपछि एमालेले सूर्योदयमा जनसभाको आयोजना गरेको हो ।

पार्टीको नीति बिचार कार्यक्रमलाई आम जनतासम्म पुर्‍याउनको लागि जनसभाको आयोजना गरेको एमाले जनाएको छ ।

फिक्कल चोक बजारमा आयोजना गरिएको जनसभामा १० हजार भन्दा बढी अगुवा कार्यकर्ता, शुभेच्छुक र सर्वसाधारण सहभागी हुने आयोजकको अपेक्षा छ । चोक बजारमा कार्यक्रमको आयोजना हुने भएकाले सवारी साधनहरूलाई वैकल्पिक बाटोको प्रयोग गराइने भएको छ । त्यस्तै कार्यक्रममा मानिसहरूको चाप हुने भएकाले मञ्च बाहेक अन्य दुई स्थानमा डिस्प्ले राखिने भएको छ ।