४ जेष्ठ २०८१, शुक्रबार 1715956450
Banner

छोराको हत्या गरेर प्रहरी कार्यालयमा आत्मसमर्पण गर्न पुगे चौधरी

काठमाडौं। शनिवार धनगढी उपमहानगरपालिका–६ मट्यारीका ४५ वर्षीय महेशकुमार चौधरीले प्रहार गरेको इटा लागेर आफ्नै छोरा २१ अर्जुन चौधरीको मृत्यु भएको छ । लागू पदार्थ दुर्व्यसनीमा नराम्ररी फसेका अर्जुनलाई आफ्नै बाबुले प्रहार गरेको इटाले लाग्दा मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय कैलाली पुगेर महेशकुमार चौधरी आफैले आफ्नो छोराको हत्या गरेको जनाकारी दिएपछि घटना भएको पत्ता लगोको हो । अर्जुनको मृत्यु भएको नभई हत्या गरिएको र उक्त हत्या अरू कोहीबाट नभई आफूबाट भएको जिल्ला प्रहरी कार्यालयमा चौधरीले बयान दिएका छन् ।

आफूले प्रहार गरेको इट्टा लागेर छोराको मृत्यु भएको भन्दै घटना लगत्तै उनी आत्मसमर्पण गर्न जिल्ला प्रहरी कार्यालय कैलाली पुगेका थिए । उनले प्रहरीलाई घटनाबारे विस्तृत रूपमा जानकारी दिए। महेश कुमारका अनुसार उनका छोरा मृतक अर्जुन लागू पदार्थ दुर्व्यसनीको अन्तिम चरणमा पुगेको थियो ।

शनिवार सामान्य विवाद पनि अर्जुनले नजिकैको मन्दिरमा रहेको मूर्तिमा क्षति पुराइरहेका थिए । मूर्ति तोडफोड गर्न लागेपछि बुवाले थप सम्झाउन गएको र त्यसपछि विवाद बढेको प्रहरीले जानकारी दिएको छ ।

महेशकुमारले आफ्नो छोरालाई इट्टाले हान्नुभन्दा पहिले अर्जुनले पनि आफ्नो बुवालाई त्रिसुल र इट्टाले प्रहार गरेका थिए। छोराको प्रहारबाट सामान्य घाइते भएका बुवाले इट्टा प्रहार गर्दा छोराको मृत्यु भएको प्रहरीले जनाएको छ ।

लागूपदार्थका कारण यस अघि पनि घरमा झै झगडा हुने गरेका चन्दको भनाइ छ । आफ्नो छोराको हत्या गरेर आफै आत्मसमर्पण गर्न आएका महेश कुमारमाथि आज म्याद थप हुने छ । उनी विरुद्ध कर्तव्य ज्यानमा मुद्दा गर्दा गरिएको प्रहरी प्रवक्ता चन्दले जानकारी दिए।