८ बैशाख २०८१, शनिबार 1713599714
समाचार

राष्ट्रिय राजनीतिमा एमालेको भूमिका समाजलाई बुझाऔं : अग्नी खरेल

झापा – नेकपा एमालेका स्थायी कमिटी सदस्य अग्नि खरेलले नेपाली कांग्रेसको भरमा समाजवादी व्यवस्था स्थापना असम्भव रहेको बताउनु भएको छ । झापाको कमल गाउँपालिकामा शनिवार भएको कार्यकर्ता अभिमुखीकरण कार्यक्रममा नेता खरेलले नेपाली कांग्रेसले नचाहँदा नचाहँदै संविधानमा नेपाल समाज समाजवाद उन्मूख रहने छ भन्ने व्यवस्था समावेश भएको पनि बताउनु भयो ।

पूर्व महान्याधीवक्ता एवम् कानूनमन्त्री खरेलले संवैधानिक रुपमा नेपाली समाजको चरीत्र निर्माणका लागि नेकपा एमालेको भुमिका बुझाउन अझै पनि नसकिएको बताउनु भयो । इतिहासका महत्वपूर्ण कालखण्डमा पार्टीले खेलेको भुमिका र जिम्मेवारी सर्वसाधारण समक्ष पुर्याउन उहाँले कार्यकतालाई निर्देशन समेत दिनुभयो । झापा जिल्ला ईन्चार्ज समेत रहनु भएका नेता खरेलले आगामी निर्वाचनमा जतिसुकै दलीय गठवन्धन भएर एमालेका विरुद्ध आए पनि स्थानीय, प्रदेश र संघीय सरकार मार्फत एमालेले गरेका कामहरुको फेहरिस्त चुनाव जित्नका लागि पर्याप्त रहेको पनि बताउनु भयो ।