१४ बैशाख २०८१, शुक्रबार 1714162890
समाचार

सत्यमोहन जोशीको आत्मकथा लोकार्पण

काठमाडौँ– वाङ्‌मय शताब्दी पुरुष सत्यमोहन जोशीको आत्मकथा ‘सत्यमोहन’ सार्वजनिक गरिएको छ ।

शुक्रबार पाटन दरबार क्षेत्रस्थित पाटन सङ्ग्रहालयमा आयोजित समारोहमा १०२ वर्षीय जोशीकै हातबाट पुस्तकको लोकार्पण गरिएको हो ।

पत्रकार एवं लेखक गिरीश गिरीले उक्त पुस्तक लेखेका हुन् ।

पुस्तकबारे भाषाशास्त्री डा. ज्योति तुलाधरले सरल र मीठो भाषामा लेखिएको आत्मकथा उपन्यास जस्तो रसिलो र संस्मरणको गुणले भरिएको बताइन् ।