८ बैशाख २०८१, शनिबार 1713618493
Banner

संवैधानिक आयोगका पदाधिकारी नियुक्तिविरुद्धको रिट हेर्दाहेर्दैमा

काठमाडौं ।  संवैधानिक आयोगका पदाधिकारीको नियुक्तिविरुद्ध परेको रिट हेर्दाहेर्दैमा राखिएको छ। 

शुक्रबार संवैधानिक इजलासमा पेशी चढेका रिट हेर्दाहेर्दैमा राखिएको हो।आज बसेको इजलासमा  सुनुवाइ गर्न बनेको संवैधानिक इजलास माथि नै  प्रश्न उठेको छ । 

पूर्वमहान्यायाधिवक्ता रमेश बडालले न्यायाधीश हरि फुँयालको आदेशको टुंगो नलागी कसरी संवैधानिक इजलास गठन भयो ? भनेर प्रश्न गर्नुभएको थियो । अधिवक्ता सुरेन्द्र भण्डारीले पनि सोही प्रश्न दोहोर्‍याउनुभएको थियो । 


अधिवक्ता डा.गणेश रेग्मीले दर्ता गरेको रिटमा न्यायधीस हरि फुँयालको इजलासले १७ भदौ २०७८ मा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश र त्यसका आधारमा भएको नियुक्ति सम्बन्धी मुद्दाको सुनुवाइ स्थगित गर्न आदेश दिएको थियो। 

प्रधानन्यायाधीशसँग अन्य न्यायाधीश बेन्च शेयर गर्न तयार नभएको र प्रधानन्यायाधीशबिना संवैधानिक इजलास बस्न नमिल्ने न्यायाधीश फुँयालको अन्तरिम आदेशपछि नबढेको रिटको सुनुवाइ एकाएक आज पेशीमा चढाइएको थियो ।  

अब यस रिटमा बुधबार सुनुवाई हुनेछ । नियुक्ति खारेजीको माग गर्ने रिट निवेदकहरूलाई बहसका लागि बुधवार एक घण्टाको समय छुट्ट्याइएको  छ ।

 प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाविरुद्ध संसद्‌मा महाभियोग प्रस्ताव दर्ता भएसँगै दीपककुमार कार्की कायममुकायम प्रधानन्यायाधीश भएपछि कार्की संवैधानिक इजलासमा बस्न मिल्ने नमिल्ने अन्यौलका बीच आज इजलास बसेको थियो । इजलासमा कार्कीका अलावा न्यायाधीशहरू मीरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र ईश्वर खतिवडा हुनुहुन्छ  ।साताको दुई दिन बुधबार र शुक्रबार संवैधानिक इजलास गठन हुने अभ्यास छ।

संवैधानिक परिषद्को २०७७ मंसिर ३० को सिफारिसमा नियुक्त पदाधिकारीहरूः

प्रेमकुमार राई, प्रमुख आयुक्त, अख्तियार दुरुपयोग अनुसन्धान आयोग

किशोरकुमार सिलवाल, आयुक्त, अख्तियार दुरुपयोग अनुसन्धान आयोग

जयबहादुर चन्द, आयुक्त, अख्तियार दुरुपयोग अनुसन्धान आयोग

रामप्रसाद भण्डारी, आयुक्त, निर्वाचन आयोग

जानकीकुमारी तुलाधर, आयुक्त, निर्वाचन आयोग

तपबहादुर मगर, अध्यक्ष, राष्ट्रिय मानवअधिकार आयोग

सूर्यप्रसाद शर्मा ढुंगेल, सदस्य, राष्ट्रिय मानवअधिकार आयोग

मिहिर ठाकुर, सदस्य, राष्ट्रिय मानवअधिकार आयोग

मनोज दुवाडी, सदस्य, राष्ट्रिय मानवअधिकार आयोग

लिली बस्न्यात, सदस्य, राष्ट्रिय मानवअधिकार आयोग

जुद्धबहादुर गुरुङ, सदस्य, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग

अमरराज श्रेष्ठ, सदस्य, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग

कमलाकुमारी पराजुली, अध्यक्ष, राष्ट्रिय महिला आयोग

कृष्णकुमारी पौडेल, सदस्य, राष्ट्रिय महिला आयोग

विद्याकुमारी सिन्हा, सदस्य, राष्ट्रिय महिला आयोग

देवराज विश्वकर्मा, अध्यक्ष, राष्ट्रिय दलित आयोग

मीनादेवी सोब, सदस्य, राष्ट्रिय दलित आयोग

टुन्जे कामी, सदस्य, राष्ट्रिय दलित आयोग

मेहल पार्की, सदस्य, राष्ट्रिय दलित आयोग

रामचन्द्र जोशी, सदस्य, राष्ट्रिय समावेशी आयोग

हरिदत्त जोशी, सदस्य, राष्ट्रिय समावेशी आयोग

रामबहादुर थापामगर, अध्यक्ष, आदिवासी जनजाति आयोग

मीनबहादुर श्रीष, सदस्य, आदिवासी जनजाति आयोग

रिना राना, सदस्य, आदिवासी जनजाति आयोग

शरण राई, सदस्य, आदिवासी जनजाति आयोग

जीवछ साह, सदस्य, मधेसी आयोग

रेणुदेवी साह, सदस्य, मधेसी अयोग

विजयकुमार गुप्ता, सदस्य, मधेसी आयोग

सुबोधसिंह थारू, सदस्य, थारू आयोग

भोलाराम चौधरी, सदस्य, थारू आयोग

महमदिन अली, सदस्य, मुस्लिम आयोग

मिर्जा अर्सद वेग, सदस्य, मुस्लिम आयोग

२०७८ वैशाख २६ को सिफारिसबाट नियुक्त पदाधिकारीः

हरि पौडेल, आयुक्त, अख्तियार दुरुपयोग अनुसन्धान आयोग

सुमित्रा श्रेष्ठ ९व्याञ्जु०, आयुक्त, अख्तियार दुरुपयोग अनुसन्धान आयोग

माधवप्रसाद रेग्मी, सदस्य, लोक सेवा आयोग

माधव बेल्वासे, सदस्य, लोक सेवा आयोग

वीरबहादुर राई, सदस्य, लोक सेवा आयोग

दिनेश सिलवाल, सदस्य, लोक सेवा आयोग

मञ्जु कुमारी, सदस्य, लोक सेवा आयोग

सगुनशमशेर जबरा, आयुक्त, निर्वाचन आयोग

विपिनराज निरौला, सदस्य, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग

जया घिमिरे, सदस्य, राष्ट्रिय महिला आयोग

सावित्राकुमारी शर्मा, सदस्य, राष्ट्रिय महिला आयोग

सुन्दर पुर्कुटी, सदस्य, राष्ट्रिय दलित आयोग

रामकृष्ण तिमिल्सेना, अध्यक्ष, राष्ट्रिय समावेशी आयोग

पुष्पराज तिमिल्सिना, सदस्य, राष्ट्रिय समावेशी आयोग

मनप्रसाद खत्री, सदस्य, राष्ट्रिय समावेशी आयोग

सूर्यबहादुर गुरुङ, सदस्य, आदिवासी जनजाति आयोग

आभा कुमारी, सदस्य, मधेसी आयोग

उमाशंकरप्रसाद चौधरी, सदस्य, थारू आयोग

शान्ति मोदी, सदस्य, थारू आयोग

मो। समसुल हक, सदस्य, मुस्लिम आयोग