८ बैशाख २०८१, शनिबार 1713627488
Banner

मकवानपुरमा बस दुर्घटनाः दुई जनाको मृत्यु, ९ घाइते

काठमाडौं । मकवानपुरमा शुक्रबार बिहान यात्रुबाहक बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

दुर्घटनामा ९ जना घाइते रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। मृत्यु हुनेमा नुवाकोट तारकेश्वर नगरपालिका ४ का २२ वर्षीय सुवास श्रेष्ठ र सोही ठाउँका २९ वर्षीय शम्भु दराई मगर रहेका छन्। हेटौंडाबाट चितवन जाँदै गरेको बा४ख ४४५४ नम्बरको यात्रुबाहक बस बिहान पौने ९ बजे मनहरी नगरपालिका ६ मा दुर्घटना भएको थियो ।