५ जेष्ठ २०८१, शनिबार 1716043847
खेलकुद

कुवेतसँग टस हारेर पहिला फिल्डिङ गर्दै यूएई

काठमाडौं । एसीसी प्रिमियर कप अन्तर्गत समूह बी मा आफ्नो पहिलो खेल खेल्न लागेको यूएईले कुवेतसँग टस हारेर पहिला फिल्डिङको निम्तो पाएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा केहिबेरमा सुरूहुने खेलमा यूएई कुवेतलाई पराजित गर्दै प्रतियोगिताको सुखद सुरूआत गर्ने लक्ष्यमा रहेको छ । यूएई समूह बी मा रहेको उपाधि दाबेदार टिम हो ।

यस्तै, मुलपानी मैदानमा केहीबेरमा सुरू हुने समूह ए अन्तर्गतको खेलमा ओमानविरूद्ध कतारले टस जितेर पहिला फिल्डिङ रोजेको छ । ओमानपनि आजको खेलमा कतारविरूद्ध सहज जित निकाल्दै २ अंक जोड्ने लक्ष्यमा रहेको छ ।

आगामी सेप्टेम्बरमा पाकिस्तानमा आयोजना हुने एसिया कपको ‘रोड म्याप’का रुपमा लिइएको यस प्रतियोगितामा नेपालसहित १० राष्ट्रको सहभागिता रहेको छ । हरेक ५ राष्ट्रलाई २ समूहमा बिभाजन गरिएको छ ।

प्रिमियर कपको समूह ‘ए’ मा नेपालसँगै ओमान, कतार, मलेसिया र साउदीअरब छन् भने समूह ‘बी’ मा यूएई, हङकङ, कुवेत, सिंगापुर र बहराइन छन्।

दुवै समूहका शिर्ष २ टीमले सेमिफाइनल खेल्नेछन् । सेमिफाइनल वैशाख १६ गते र फाइनल वैशाख १८ गते मा टियुमा हुनेछ । यस प्रतियोगिताको विजेताले आगामी सेप्टेम्बरमा पाकिस्तानमा आयोजना हुने एशिया कपमा भारत र पाकिस्तानको समूहमा रहेर खेल्न पाउनेछ भने शीर्ष ३ टीमले जुलाईमा आयोजना हुने ‘एसीसी इमर्जिङ टिम्स’ एसिया कप खेल्न पाउनेछन् ।