७ बैशाख २०८१, शुक्रबार 1713530993
खेलकुद

यस्तो छ नेपाल खेलकुद महासंघद्धारा जारी गरेको सर्कुलर (विवरणसहित)

काठमाडौं । नेकपा एमालेको प्रभावशाली भातृसंगठन नेपाल खेलकुद महासंघ (नेकोस)ले पहिलो केन्द्रीय कमिटी बैठक पछि सर्कुलर जारी गरेको छ । ३० वैशाखमा तय भएको स्थानीय निर्वाचनलाई पनि प्राथमिकतामा राख्दै नेपाल खेलकुद महासंघले सर्कुलर जारी गरेको हो ।

२३ माघमा नेपाल खेलकुद महासंघको महाधिवेशन आयोजक कमिटीमा संयोजकको जिम्मेवारी पर्शुराम बस्नेतले पाएपछि खेलकुद महासंघले यो सर्कुलर जारी गरेको हो ।

पर्शुराम बस्नेतको अध्यक्षतामा सम्पन्न बैठकले महासंघको बैठक सन्चालन कार्यविधि पारित गरेर लागु गरेको छ । त्यस्तै, ३३ सदस्यीय स्थायी कमिटी, ७७ सदस्यीय सचिवालय, प्रदेश इन्चार्ज तथा सहइन्चार्ज, जिल्लाका इन्चार्ज तथा सहइन्चार्ज, महानगरका इन्चार्ज तथा सहइन्चार्ज पनि तोकिएको छ । त्यस्तै, खेलकुद महासंघले २७ वटा राष्ट्रिय खेल संघ निर्माण गर्नुका साथै त्यसका इन्चार्ज तथा सहइन्चार्ज पनि तोकेको छ ।

खेलकुद महासंघको यो केन्द्रीय कमिटी बैठकबाट २१ केन्द्रीय विभाग निर्माण गरिनुका साथै त्यसमा प्रमुख, उपप्रमुख र सचिवको जिम्मेवारी तोकिएको छ । त्यस्तै, खेलकुद महासंघले महाधिवेशन आयोजक कमिटीमा ३० जनालाई सदस्यमा मनोनितसमेत गरेको छ । यसअघि केन्द्रीय कमिटी निर्माण गर्दा छुटेका जिल्लाहरुबाट यी सदस्यहरु मनोनयनमा परेका हुन् ।

नेपाल खेलकुद महासंघले यसअघि ८ मध्ये ६ प्रदेशमा अधिवेशन सम्पन्न गरिसकेको छ । बाँकी दुई प्रदेश लुम्बिनी र गण्डकीमा १० चैत र १९ चैैतमा गर्ने निर्णय पनि यो बैठकले गरेको छ । त्यस्तै, सबै जिल्लाका अधिवेशन ५ चैतबाट सुरु गरेर ५ वैशाखसम्म सम्पन्न गर्न केन्द्रीय कमिटीले मातहत प्रदेश कमिटीहरुलाई निर्देशन दिने बैठकले निर्णय गरेको छ ।

‘नेपालमा खेलकुद क्षेत्रमा विकासको सम्भावना यति बलियो छ कि यसले देशलाई नयाँ दिशा दिन्छ,’ नेपाल खेलकुद महासंघका संयोजक पर्शुराम बस्नेतले भने, ‘त्यसैले अब हामीले नेपाल खेलकुद महासंघलाई गाउँगाउँसम्म पुर्याउने छौँ, खेलकुद गतिविधिलाई घरघरमा पुर्याउने छौँ ।’

नेपाल खेलकुद महासंघले स्थानीय निर्वाचनलार्ई लक्षित गर्दै धरमबहादुर लामाको संयोजकत्वमा एक हजार १ सदस्यीय स्थानीय निर्वाचन परिचालन अभियान सुरु गर्ने निर्णय पनि गरेको छ । ‘यो अभियानका सदस्य प्रदेश पदाधिकारी, राष्ट्रिय खेलसंघका पदाधिकारी, जिल्लाका पदाधिकारी र महानगर, उपमहानगर, नगर र पालिकाका अध्यक्षहरु हुनेछन्,’ संयोजक बस्नेतले भने, ‘यो अभियानमा खेलाडी, स्वयंसेवक र खेलकर्मी पनि हुनुहुनेछ, यो अभियानको घोषणा काठमाडौंमा वैशाखमा गर्ने निर्णय गरिएको छ ।’

महासंघले जारी गरेको सर्कुलरअनुसार प्रदेश १ को इन्चार्जमा सन्तोष वान्तवा, सहइन्चार्जमा दिलचक्र राई, कृष्ण सिग्देल, थलु राजभण्डारी, सन्तोषी श्रेष्ठलाई जिम्मेवारी दिइएको छ । त्यस्तै, मधेश प्रदेशमा मानदेव हजारालाई इन्चार्जको जिम्मेवारी दिइएको छ । त्यहाँ सहइन्चार्जमा राजेश साह, शिवजी गुप्ता, प्रभुनारायण सिवाकोटी, अरविन्द झा नियुक्त भएका छन् । बागमती प्रदेशमा इन्चार्जको जिम्मेवारी धरमबहादुर लामाले पाएका छन् भने सहइन्चार्जको जिम्मेवारी दिपक न्यौपाने, मुनाल घिसिङ, उज्ज्वल सुवेदी र तीर्थ खड्काले पाएका छन् । गण्डकीमा इन्चार्ज ऋषिराम गौतम भएका छन् भने सहइन्चार्ज प्रदीप थापामगरले पाएका छन् ।

लुम्बिनीमा भीम ओली इन्चार्ज भएका छन् भने सहइन्चार्जमा प्रनीर अधिकारी र हिमाल श्रेष्ठलाई जिम्मेवारी दिने नेपाल खेलकुद महासंघको केन्द्रीय कमिटी बैठकले निर्णय गरेको छ । त्यस्तै, कर्णाली प्रदेशमा चेतनराज गिरी इन्चार्ज भएका छन् मोहन शाही र एनबी बस्नेत सहइन्चार्ज भएका छन् । सुदूरपश्चिममा महासंघले विष्णु चन्दलाई इन्चार्ज बनाएको छ । त्यस्तै, हिक्मत थापा र दिपेन्द्र गिरि सुदूरपश्चिमको सहइन्चार्ज भएका छन् ।

महासंघले उपत्यका विशेष प्रदेशको इन्चार्जमा सुदर्शन गुरुङ र सहइन्चार्जमा शैलेन्द्र श्रेष्ठ, केशव ओली र अशोक ढुंगेल तोकेको छ ।

नेपाल खेलकुद महासंघले गठन गरेका केन्द्रीय विभागमा पनि जिम्मेवारी तोकेको छ । महासंघले जारी गरेको सर्कुलर अनुसार संगठन विभागमा प्रमुख दिपेन्द्र दाहाल भएका छन् । यो विभागमा उपप्रमुख शान्तामाया परियार चयन भएकी छिन् भने सचिवमा वासु नेपाल छानिएका छन् । त्यस्तै, स्कुल विभागमा प्रमुख प्रभातविक्रम कटुवाल, राष्ट्रिय खेल संघ समन्वय विभागको प्रमुख ओमकृष्ण प्रसाईं भएका छन् । राष्ट्रिय खेल संघ समन्वय विभागको उपप्रमुख ईश्वर बिडारी भएका छन् । यो विभागको सचिवको जिम्मेवारी शम्भु पौडेलले पाएका छन् । खेलाडी, प्रशिक्षक तथा प्राविधिक समन्वय विभागमा धर्मकुमार श्रेष्ठ र विष्णु थापा प्रमुख र उपप्रमुख भएका छन् ।

महासंघको खेल सँस्कृति प्रवद्र्धन विभागको जिम्मेवारी तीर्थ खड्काले पाएका छन् । यो विभागमा उपप्रमुख भेषराज कार्की र सचिवमा कमल उदास रहेका छन् । नेपाल खेलकुद महासंघको कार्यालय विभागको जिम्मेवारी रामकृष्ण खड्काले पाएका छन् । यो विभागमा उपप्रमुखमा शलिल प्रधान नियुक्त भएका छन् भने सदस्यमा नवीन निरौला र अशोक दाहाल नियुक्त भएका छन् ।

त्यस्तै, प्रशिक्षण तथा अनुसन्धान विभागको प्रमुखको जिम्मेवारी निरेशलाल सिंह र सचिवमा रविन ओझा छानिएका छन् । विद्यालय तथा विश्वविद्यालय खेल विभागमा सन्जु महर्जन, निलम बज्रचार्य र दिपा वनले प्रमुख, उपप्रमुख र सचिवको जिम्मेवारी पाएका छन् । खेलकुद परिषद् तथा ओलम्पिक समन्वय विभागमा उपेन्द्र पौडेल, रेश्मा घिमिरेले प्रमुख र उपप्रमुखको जिम्मेवारी पाएका छन् । एनआरएन तथा विदेश विभागमा एकेन्द्र कुँवर र कपिल न्यौपाने प्रमुख र उपप्रमुख भएका छन् । यो विभागमा सदस्यहरु राजु सिंह, रवि शाही, राजु श्रेष्ठ र राकेश बज्राचार्य चयन भएका छन् ।

महासंघको नीति तथा खेल पूर्वाधार विकास विभागमा मोहम्मद समीउल्लाह, प्रवीण यादव, सफल श्रेष्ठ प्रमुख, उपप्रमुख र सचिव भएका छन् । पाराओलम्पिक खेलकुद विभागमा प्रमुख नन्दा बस्याल भएकी छिन् । महासंघको ग्रासरुट खेलकुद विकास विभागमा प्रमुख डाकबहादुर रानापाल, उपप्रमुखमा नारायण थपलिया नियुक्त भएका छन् । त्यस्तै, महासंघको आर्थिक विभागमा रुपेश अधिकारी प्रमुख भएका छन्, प्रकाश कपुरी उपप्रमुख र सचिवमा सुदिप खड्का नियुक्त भएका छन् ।

महासंघको प्रचार विभागमा उमेश केसी, सचिवमा पूण्यराज पुडासैनी, सदस्यमा राजकुमार ओली, रामकुमार सुवेदी, रामचन्द्र अर्याल नियुक्त भएका छन् । महिला विभागको प्रमुखको जिम्मेवारी थलु राजभण्डारीले पाएकी छिन् । यो विभागको उपप्रमुख रति महर्जन र सचिव शितल राय ९सीता० र सदस्य इन्दु न्यौपाने भएका छन् ।

सामाजिक सेवा विभागमा मनोजविक्रम शाह, रोहित कोइराला, विमल पोखरेल प्रमुख, उपप्रमुख र सचिव भएका छन् । यो विभागको सदस्यमा त्रिलोचन अधिकारी, प्रकाश दाहाल, पूर्ण दाहाल चयन भएका छन् । त्यस्तै, महासंघको मास्टर स्पोर्ट्स विभागको प्रमुख जगत धामी, उपप्रमुखमा सविन उप्रेती र सचिवमा मीनबहादुर साउथ नियुक्त भएका छन् । महासंघले कानुन विभागको जिम्मेवारी गणेशलाल कक्षपतिलाई दिएको छ । त्यस्तै, कानुन विभागको उपप्रमुख लिलादेवी धमला र सचिवमा मन्जु मिश्रा भएका छन् । ​

महासंघको स्वास्थ्य विभाग प्रमुखमा दिपक न्यौपाने र उपप्रमुखमा अम्बिका प्रसाईं चयन भएका छन् ।