१३ बैशाख २०८१, बिहीबार 1714065215
अर्थ

दोश्रो ठूलो विद्युत् सबस्टेशनको शनिबार उद्घाटन हुने

काठमाडौँ– नेपाल विद्युत् प्राधिकरणको दोश्रो ठूलो सबस्टेशनको शनिबार उद्घाटन हुने भएको छ ।

रामेछापको मन्थली नगरपालिका–१३ देवीटारमा निर्माण भएको न्यूखिम्ती सबस्टेशनको प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन कार्यक्रम तय भएको प्राधिकरणले जनाएको हो ।

यो सबस्टेशन धनुषाको ढल्केवरपछिको दोश्रो ठूलो सबस्टेशन हुनेछ ।

२०७५ देखि बनाउन थालिएको सबस्टेशनको गत असारमा निर्माण सम्पन्न भएको हो ।

यो सबस्टेशनमा ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको विजुली जोडिएको प्राधिकरणले जनाएको छ ।