१३ बैशाख २०८१, बिहीबार 1714073162
Banner

स्थानीय तहको निर्वाचन लड्न जनप्रतिनिधिले राजीनामा दिनुपर्ने व्यवस्था विभेदकारी छ : विष्णु रिजाल

काठमाडौं । स्थानीय तह निर्वाचनमा उम्मेदवार बन्ने जनप्रतिनिधिले पदबाट राजीनामा दिनुपर्ने प्रावधान विभेदकारी भएको एमाले प्रचारविभागका उपप्रमुख विष्णु रिजालले बताउनुभएको छ । आयोगले सार्वजनिक गरेको निर्वाचन आचारसंहिता, २०७८ मा स्थानीय जनप्रतिनिधिले निर्वाचनमा उम्मेदवार बन्न पदबाट राजीनामा दिनुपर्ने उल्लेख गरिएको प्रावधान सार्वजनिक भएपछि उहाँले त्यस्तो धारणा राख्नुभएको हो ।

आचारसंहिताको दफा ३६ मा राजीनामा गर्नुपर्ने उल्लेख छ त्यसमा टिप्पणी गर्दै उहाँ लेख्नुहुन्छ, स्थानीय तहको निर्वाचन लड्न जनप्रतिनिधिहरुले पदबाट अग्रिम राजीनामा दिनुपर्ने प्रावधान विभेदकारी, पूर्वाग्रही र हास्यास्पद छ । के त्यो भए प्रतिनिधिसभाको निर्वाचन हुँदा प्रधानमन्त्री शेरबहाहदुर देउवा र उहाँका मन्त्रीहरुले पहिल्यै राजीनामा दिनुहुन्छ ? पदमा रहेर चुनाव लड्न पाइने होइन भने चुनाव गराउन या देशमा निर्दलीय सरकार बनाउनुपर्ने भयो या त प्रधानमन्त्री–मन्त्रीहरु नहुँदा सरकारबिना नै चुनाव गराउनुपर्ने भयो । स्थानीय तहमा नेकपा (एमाले) का जनप्रतिनिधि बढी छन् र फेरि पनि उनीहरुले नै जित्ने हुन् भन्ने नाममा यति हाँस्यास्पद निर्णयमा पुग्दा सामान्य तथ्यको त ख्याल हुनुपर्ने उहाँको तर्क छ ।