८ बैशाख २०८१, शनिबार 1713627843
Banner

कांग्रेसले लखेटेको लखेर्टै गरयो भने परिस्थिति के हुन्छ भन्न सकिन्न : प्रचण्ड

बुटवल । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेसँग गठबन्धन हुने/नहुने नेपाली कांग्रेसको व्यवहारमा भर पर्ने बताउनुभएको छ ।

बिहीबार बुटवलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रचण्डले भन्नुभयो, ‘कांग्रेसका केही नेताले माओवादीसँग कुनै हालतमा गठवन्धन हुँदैन भन्ने खालका अतिवादी विचार राखिरहेका छन् । तर, प्रधानमन्त्री देउवाले अब उहाँहरुलाई बोल्न बन्द गर भन्नुभएको छ । यदि कांग्रेसले लखेट्न थाल्यो भने परिस्थिति के हुन्छ भन्न सकिन्न ।’

उहाँले तत्काल एमालेसँग सहमति हुने सम्भावना नदेखिएको तर कांग्रेसको व्यवहारमा भर पर्ने बताउनुभयो ।