१३ बैशाख २०८१, बिहीबार 1714028295
Banner

पोल्याण्डकी क्यारोलिना बनिन् मिस वर्ल्ड, नेपाल सुन्दरी नम्रता टप ३० मा सिमित

काठमाडौं । पोल्याण्डकी क्यारोलिना बेल्वास्काले यस वर्षको मिस वर्ल्डको उपाधि जित्न सफल हुनुभएको छ। बिहिबार बिहान भएको फाइनलमा क्यारोलिना उत्कृष्ट ठहरिनुभएको हो ।

अमेरिकाकी श्री साइनी फस्ट रनरअप र कोटे डी आइभोरकी ओलिभिया एस सेकेन्ड रनरअप घोषित भए। अघिल्लो संस्करणकी विजेता टोनीएन सिङले नयाँ विजेता क्यारोलिनालाई ताज पहिर्‍याइन्। क्यारोलिना पोल्यान्डबाट विश्व सुन्दरी जित्ने दोस्रो प्रतिस्पर्धी हुन् ।

मिस वर्ल्डको मुख्य विधा मानिने ब्यूटी विथ पर्पसको उपाधि पनि अमेरिकाले जितेको छ ।

यसअघि नै सेमिफाइनल पुगेका र निर्णायकले छनोट गरेका २५ जनासहित ४० जनाले फाइनल राउन्डमा सहभागीता जनाएका थिए।

नेपालबाट प्रतिस्पर्धा गरेकी नम्रता श्रेष्ठ भने टप ३० मै सीमित हुनुभएको छ । एजेन्सी